९ मंसिर, काठमाण्डौ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा छ । यसै अक्रममा सो पार्टीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ।
राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।
राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ।
माओवादीले आउँदो पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।