काँग्रेस प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव निर्वाचित

९ पुस, काठमाण्डौ । नेपाली काँग्रेस प्रदेश २ को हिजो सम्पन्न निर्वाचनको मतपरिणामबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।

कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि हिजो विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।

१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।