कोरोना संक्रमण दर बढ्दो क्रममा

८ पुस, काठमाडौं । केही दिन अघि कोरोना संक्रमण दर कमै भएको देखिन्थ्यो तर आजभोलि आईसीयूमा कोरोना संक्रमित भर्ना हुनेक्रम विस्तारै बढ्न थालेको छ ।

‘एक हप्ता यतादेखि गम्भीर भएर आउने बिरामीको संख्या विस्तारै बढ्दै गएको छ । जसमा ३५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार आइसोलेसनमा ११ जना संक्रमित उपचाररत छन् । अधिकांस संक्रमितमा झाडापखलाको लक्षण देखिएका छन् ।

‘आजभोलि चिसो बढिरहेको छ । जसका कारण बिरामीमा झाडापखलाको समस्या देखिएको हुनसक्छ,’ उनले भनिन्, ‘पहिला ज्वरो आउने, खाना रुचि नहुने जस्ता साझा समस्या देखिन्थे । तर, अहिले केही फरक लक्षण देखिएका छन् ।’

अस्पतालको तथ्यांक अनुसार अस्पतालमा भर्ना भएका अधिकांशले खोप नलागएको पाइएको छ । ‘खोप लगाएका व्यक्तिहरु पनि भर्ना भएका छन् । तर, खोप नलगाउने संक्रमित धेरै छन् ।