अध्यादेश ल्याउनु ठूलो कुरा नभएको र संवैधानिक नियुक्ती रोकियो ल्याए

कदर समाचार

बैशाख ८ काठमाण्डौं । मन्त्रीपरिषद्बाट आज निर्णय गरी राष्टपतिले जारी गर्नु भएको अध्यादेश बारे अचानक बोलाइएको नेकप सचिवाल य बैकका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जरूरी भएरै अध्यादेश ल्याएको बताएका छन् । बैठकको सुरूआतमै प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरू रोकिएका कारण अध्यादेश ल्याएको हँु ।
सरकारले आज राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश र संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश जारी गरेको हो । जारी अध्यादेशको प्रधानमन्त्री ओलीले बचाउ गरेका थिए ।
नेकपाका सचिवालय सदस्य तथा पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनु ठूलो कुरा होइन ’संवैधानिक नियुक्ति रोकियो भन्नुभयो तर यस विषय विभिन्न कोणबाट छलफल पछि हुने बताएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु पर्ने कारण उल्लेख गरेपछि ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए ।
माधवकुमार नेपाल र वामदेव गौतमले भने अध्यादेश जारी भैसकेको अवस्थामा विरोध गर्नुको औचित्य नरहेको बताएका थिए ।
अब अध्यादेश जारी भैसक्यो । प्रधानमन्त्रीले जरुरी ठानेरै ल्याउनु भएको होला । तर छलफल गर्नु पर्थ्यो भन्ने धारणा राखेका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्डले अध्यादेश जारी गर्ने समय र परिस्थिति गलत भएको बताएका थिए ।