७ पुस, काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकले विभिन्न विधेयक स्वीकुृत गर्दै पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । आज को बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरे पनि सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको सुचारु गरेका थिए । प्रतिपक्ष दल एमाले बिरोध र नाराबाजी गरिरहेको थियो भने सभामुखले सदनका कारकारवाही अगाडी बढाउँदै गएका थिए ।
स्वीकुृत विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।