Breaking News

एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको छ

४ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको समेत बताए ।

उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गरे । एमालेले त्यतिबेला आफूहरुलाई गरेको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यस विषयमा संसदमा छलफल गर्न नपाइने पनि अध्यक्ष नेपालले बताए ।

‘अदालतमा विचाराधीन मुद्धाहरुमाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल