२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत अहिले सहमहामन्त्रीको मत गणना भइरहेको छ । प्राप्त समाचार अनुसार खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
उनले देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।
किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।