२ पुस, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।
गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको थियो । काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको हो । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । गृहमन्त्री बालकृष्ण खाँणले गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने निर्णय गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णय कार्यान्वयन हुन रोकेकामा अन्ततः गिरी लामो प्रतीक्षापछि कार्यालयमा हाजिर भएका हुन् । सिंहलाई भने भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।