Breaking News

अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै पार्टीभित्र नेताहरुका वरियता सार्वजनिक

२ पुस, काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको वरीयतामा पार्टीका पुराना नेताहरूलाई भन्दा पूर्वमाओवादीलाई अघि सारेका छन्।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) मा नेताहरूको वरीयता निर्धारण गरिएको छ।

वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका छन्।

चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भएको निर्वाचनमा ६ उपाध्यक्षमध्ये सबैभन्दा थोरै मत रामबहादुर थापा ुबादलुले ल्याएका थिए। तर थापाको वरीयता तेस्रो नम्बरमा छ। उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्। उपाध्यक्षको पाचौं वरीयतामा रहेका नेम्वाङले अन्तिम समयसम्म पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए। उनले पार्टीमा आफूभन्दा बरिष्ठ केपी ओलीमात्रै रहेको तर्क गरेका थिए।

त्यस्तै ७ सचिवमध्ये २ जना सचिव पूर्वमाओवादी पक्षधर हुन्। उनीहरूलाई वरीयतामा पहिलो र दोस्रो राखिएको छ। टोपबहादुर रायमाझी सचिवको पहिलो वरीयतामा छन् भने लेखराज भट्ट दोस्रो वरीयतामा छन्। महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गोकर्ण बिष्ट तेस्रो वरीयतामा छन् भने दोस्रो धेरै मत ल्याएका योगेश भट्टराई चौथो वरीयतामा छन्।