Breaking News

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

२७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएकोे छ । नयाँ नेतृत्व चयनका लागि देशभरका करिब ४७४३ जना प्रतिनिधि मत खसाल्ल मतदात स्जल भृकुटीमण्डपमा लाइनबद्ध भएका छन् भने सबै उम्मेदवार र काँग्रेसजन नेता तथा कार्यकर्ता मतदानस्थलमा प्रकट भएको बेला निवर्तमान काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने बताएका छन् ।

पौडेलले आफू यो अस्वस्थ प्रतिस्पर्धामा भाग नलिने भन्दै काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका उनले आज हुने मतदानमा पनि भाग नलिने भएका हुन् ।

सो कुराको जानारी पौडेलका सचिवालयले बताएको छ । पौड्लले सभापति पदमा प्रतिस्पर्धा नगरेका केन्द्रीय सदस्यमा पनि उम्मेदवारी
दिएनन् ।