Breaking News

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३(०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।

नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २(० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।

खेलको ३४ औँ मिनेटमा थोमस मुलरले बायर्न म्युनिखलाई अग्रता दिलाए भने पहिलो हाफ सकिन लाग्दा लिरोय सानेले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जमाल मुसिआलाले तेस्रो गोल गर्दै बायर्नको शतप्रतिशत नतिजा कायम गरे ।