काँग्रेस संस्थापनइतर समूहका युवा नेताहरुद्धारा सभापतिका दाबेदार चार नेतालाई एकल नेतृत्व चयन गर्न २३ गते साँझसम्मको अल्टिमेटम

२१ मंसिर, काठमाण्डौ । नेपाली काँँग्रेसको १४औं महाधिवेशन आउन अब ३ दिन मात्र छ । सो पार्टीको नेतृत्व लिन धेरै नेताहरुले आंकाक्षी गरिरहेका बेला संस्थापनस्तर समूहका युवाहरुले १४औं पार्टीको नयाँ सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने युवा नेताहरुले बताएका हुन् ।

‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं,’ सोमबार डा. शेखर कोइरालाले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा सहभागी युवा नेता गगन थापाले भने, ‘२४ गते महाधिवेशन उद्घाटन हुँदैछ, २३ गते भन्दा उता हामी पर्खन सक्दैनौं । महाधिवेशन उद्घाटनका बेलामा हामी ठोस निर्णय गरेर त्यहाँ जानुपर्छ भनेका थिए ।