नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश महाधिवेशन सकिएका छन् भने मतपरिणाम आउने क्रम पनि जारी छ । यसै क्रममाा बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँले जित हासिल गरेका छन् । उनले भीमसेनदास प्रधान र जगदीश्वरनरसिह केसीलाई हराएरका हुन् ।
दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। केसी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले देउवा पक्षका बानियाँलाई समर्थन गरेका थिए।