नेपाली काँग्रेस कर्णाली प्रदेशको नेतृत्व चयनको चुनाव तोकिएको मिति भन्दा डेढ घन्टा ढिलोगरी निर्वाचन सुरु

१८ मंसिर, सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देशभरका प्रदेश अन्तर्गत नेतृत्व चयन हुँदैछ । आज कर्णालीमा काँग्रेस नेतृत्व चयनका लागि निर्वाचन समितिले तोकिएंको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।

निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ स्३० देखि मतदान शुरु भएको छ। कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दर्ता गराएका छन्।