कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिमा तीन जनाको भिडन्त

१७ मंसिर, सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले प्रदेश अन्तर्गत अधिवेशन भइरहेका छन् । यी क्रममा कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिका लागि तीन वटा समूह भिडेका छन् । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले मात्र उम्मेदवारी घोषणा गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्दा भने विमलेन्द्र निधि पक्षले पनि दर्ता गराएको छ । निधि पक्षका कालिकोटका मोतिराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका
हुन् ।

संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाही, पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमबीच कडा प्रतिस्पर्धा हुने भएको हो। यसमा पौडेल पक्षका भुपेन्द्रजंग शाही र निधि पक्षका मोतिराज बम एउटै जिल्ला कालिकोटका हुन् । तर एउटै जिल्लाबाट सभापतिमा उम्मेदवार दिएका दुबैलाई घाटा भने पक्कै हुनेछ ।