मंसिर २८ गते संसद अधिवेशन आह्वान

१६ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी उनले आज आह्वान गरेकी हुन् ।