Breaking News

पार्टीभित्रको षडयन्त्रका कारण पार्टी फुटेको र सरकारबाट हट्नुपर्यो

११ मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको दोस्रोे दिन ढिलो गरी बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । ओलीले, पार्टीभित्रको षडयन्त्रका कारण पार्टी फुटेको र सरकारबाट हट्नुपरेको बताएका छन् । उनले संसदलाई थाहा नै नपाई परमादेशबाट संसारमा कहीँ नभएको विधिबाट सरकारबाट बाहिरिनु परेको गुनासो गरे ।

उनले सरकारमा गएको सुरुकै दिनदेखि आफ्नो सरकारको विरुद्धमा षड्यन्त्र सुरु भएको उनले बताए । हामीमाथि अनेक खालका प्रहार भए । हाम्रै भित्रका अनेक तत्त्वहरू, अनेक व्यक्तिहरूलाई दुरुपयोग गर्ने, भड्काउने क्रियाकलापहरू भए । हाम्रो पार्टी क्रमशः तिनै शृङ्खलाहरूको हमलामा प यो । पार्टी झन् झन् अप्ठेरो स्थितिमा पर्दै गयो र अन्ततः पार्टी विभाजन गराइयो । हाम्रै पार्टीभित्रका त्यस्ता तत्त्वहरूका कारण दुई पटक विभाजन भयो ।’

जनताको समर्थनको अभावमा र कार्य असफलताको कारणबाट सरकारबाट हटेका नभई असंवैधानिक ढंगको षड्यन्त्र, अलोकतान्त्रिक, असंवैधानिक रूपमा सरकारबाट हटाइएको बताए । उनले आर्थिक अनियमित तर्फ देश अगाडि बढेको र जारी बन्द सत्रले यी सबै कुराहरूलाई गम्भीरतालाई मनन गरेर हामी अगाडि बढ्नुपर्नेमा जोड दिदै लोकतन्त्रका नटबोल्टुहरु कमजोर पार्ने काम भएकोले ती कुरालाई बलियो बनाउने कुराहरूको गम्भीरतालाई मनन गरेर अगाडि बढ्न उनले आग्रह गरे । उनको भाषण जारी छ ।