अध्यक्षमा उम्मेदवारी दिन्छु, एक मत आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने

डा. भिम रावल

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हिजोबाट चितवनमा उद्घाटन गरेर आज बन्दसत्र सुरु हुने अवस्थामा रहेको छ । एमाले नेतृत्व संस्थापन पक्षले जर्बरजस्ती रुपम नेतृत्व सर्वसहमतिबाट गर्ने प्रयास गरिरहेको भने भने पार्टीका उपाध्यक्ष डा. भिम रावलले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरी अध्यक्ष पदमा ओलीसँग भिड्ने दोहोर्याएका छन् । उपाध्यक्ष डा.भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।