एमालेमा दुई महिनामा नै बिधान संशोधन गर्ने निर्णय गर्दै २ उपाध्यक्ष र २ उपमहासचिव थप्ने निवर्तमान केन्द्रीय कमिटीको निर्णय

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सकिए लगत्तै बसेको निवर्तमान केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बिधान सम्मेलनबाट बनाएकोे पार्टीको विधानलाई संशोधनको प्रस्ताव गर्दै केही पदाधिकारी थप्ने बैठकले निर्णय गरेको छ । एमालेले पार्टीमा नेतृत्व सर्वसम्मत चयनको प्रयासमा रहेको छ । साथै बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

१५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए तर हिजोको बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव थप्द १९ सदस्यीय पदाधिकारी बनाएको छ ।

नारायणी नदी किनारमा दशौं महाधिवेशन चलिरहेको बेला सौराहमा बसेको वर्तमान केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले विधान संशोधनको नयाँ प्रस्ताव ल्याएका हुन् ।

त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी कायमै राख्ने, ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।