जसपा नेपालको कार्यकारिणी समितिको बैठकबाट पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय

९ मंसिर, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको हिजो राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।

जसपाका प्रचार विभाग प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए अनुसार अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको जानकारी दिएका छन् ।