चौरजहारी जानुपर्ने जहाज पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएपछि

काठमाण्डौंको त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज चौरजहारी नगएर नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अवतरण गराएका थिए ।

पर्यटन मन्त्रीका अनुसार पाइलटले मेरो ड्युटी सकिएको भनेर रूकुम नपुर्‍याई नेपालगञ्जमा अवतरण गराउनुभएको जानकारी आएको छ, यात्रुलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पारेर उहाँले नेपालगञ्जमै छोडिदिनुभएछ।’

यो घटना थाहा पाएलगत्तै आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको बताए।

‘पाइलटलाई स्पष्टीकरण सोधिएको छ। यस्तो गैरजिम्मेवार काम किन गरेको भनेर छानबिन गर्न पनि भनिएको मन्त्री आलेले बताए ।