नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु भएको छ ।

यस अघि ‘१४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । तीन जिल्लामा रोकिएको छ । तीन जिल्ला प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सकिएको छ । आज बाँकी ५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको छ ।’

५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिलाई जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको तीन वटा वडा अधिवेशन बाँकी छ । तीन टा वडा अधिवेशन हुन्छ । मंसिर ६ गते प्रदेश निर्वाचन अधिवेशन हुने छ । सर्लाही र रसुवामा नयाँ तालिका सार्वजनिक हुन्छ ।’

३ सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।

प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि ले प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान गर्दै छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका र वडा सभापति पनि मतदाता हुने व्यवस्था छ ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवारले पनि मतदान गर्ने छन् ।

यस्तै पालिका अधिवेशनबाट निर्वाचित अपांगता भएका प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिले मतदाता हुन पाउने व्यवस्था छ । उनीहरुले प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिने छन् ।