सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेल आजदेखि सुरु

३ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ बजे आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ ।

पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।