सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको आजको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको बहिर्गमनपछि मात्र अदालत सञ्चालन हुन सक्ने बताए ।

उनले प्रधानन्यायाधीशलाई भने, ‘अब धेरै दिन छैन, तपाईं धेरै दिन बस्न सक्नुहुन्न । तपाईको बहिर्गमन नै तपाईको निकास हो । तपाईंको बहिर्गमनपछि मात्र अदालत सञ्चालन हुन्छ ।’