Breaking News

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बारे संयुक्त विद्यार्थी संगठनहरूले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनहरूले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । हिजो बुधबार बागबजारमा बसेको बैठक थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका
हुन् । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३,४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताएका छन् ।

जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम रहेको छ ।