नेकपा (माले) को आठौँ महाधिवेशन आज सकिएको छ । पार्टीको महासचिवमा पुनः सीपी मैनालीलाई चयन भएका छन्। महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्याएको छ ।
पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद र राजनैतिक प्रतिवेदन महासचिव मैनालीले प्रस्तुत गरेका थिए ।
त्यस्त्र स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिनानाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय समेत भएको छ ।