क्रमस लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको योजना छ

कदर न्यूज

७ वैशाख, काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिहरुबी भएको भेटघाटमा अब क्रमस लकडाउन खुकुलो बनाउँदै लैजाने गृहकार्य थालिएकाको बताएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले भने सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको छ । यद्यपि, सरकार अन्र्तराष्ट्रि«य आवागमन खोल्न सक्ने स्थितिमा भने अहिले नरहेको उक्त अवसरमा उनले भने । हामीले व्यवसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजाननेतर्फ सोच्न थालेका छौ । यसमा हामीले गृहकार्य पनि थालेका छौ । सरकारको कोष पनि त्यति सहज अवस्थामा नभएको बताए । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले सरकारी कोषको रकम परिचालन गर्नुपर्ने भनेपनि उनले सरकारको कोष सहज अवस्थामा नरहेको बताए । सरकारको क्षमता सिमित छन् र राजस्वको बृद्धि लक्ष्यको तुलनामा निकै कम छ । यसकारण हामीले आन्तरिक स्रोत परिचालन गर्नुछ । राजस्वको स्रोत कम र कोरोनाका कारण खर्चको आवरश्यकता बढेकोले सरकारको आफ्नो ट्रेजरी त्यति सहज अवस्थामा छैन ।
अर्थमन्त्रीले सरकारले उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बैंक तथा वित्तिय क्षेत्रलाई धेरै नाफा नखोज्न र उद्योगी व्यवसायीलाई सहुलियत दिन पनि उनले आग्रह समेत गरेका छन् ।