नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गृह जिल्ला तनहुँमा काँग्रेस म्याग्दे गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भने, नेकपा एमाले केपी ओलीको प्रालि भएको भएको बताएका छन् । एमाले भनेको केपी ओलीको प्रा। लि। (प्राइभेट लिमिटेड) हो । एउटा प्रालिले नेपाली काँग्रेसजस्तो पार्टीसँग कसरी प्रतिष्पर्धा गर्न सक्छ ?
‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नु भो। जसले असहमति तथा आफ्नो भन्दा फरक मतलाई सुन्न सक्दैन त्यो मान्छे कसरी नेता हुन्छ ? त्यस्तो पार्टीले कसरी लोकतन्त्रको संरक्षण गर्न सक्छ ?
केपी ओलीले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि देशले एउटा पनि नयाँ उपलब्धी गर्न सकेन । दुई तिहाइ दिँदा त केही गर्न नसक्ने पार्टीले निर्वाचनमा गएर के भनेर भोट माग्ने ?