कालोबजारी व्यवसायी अग्रवाललाई १० दिन थुनामा राख्न आदेश

७ वैशाख, काठमाडौं । कोरोना भाइरसको बेला लकडाउनमा रहेका बेला कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अझै १० दिन थुनामा राख्र्न अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मलको १५ हजार रुपैयाँमा बिक्री गर्न लागेका कालोबजारी गरेको आरोपमा सुलभलाई गत चैत २५ गते काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।