प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिए

२५ कात्तिक, काठमाडौं। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले आज बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।