Breaking News

ईश्वर पोखरल प्रमुख अतिथि बन्न जाँदा सिन्धुली सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा

२४ कात्तिक, सिन्धुली।  एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा सिन्धुली सदरमुकाममा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन ।

सिन्धुलीगढीमा हुने विजयोत्सव समारोहमा भने सत्ता गठबन्धनले विरोध नजनाउने जनाएका छन् । सिन्धुलीगढीमा अंग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा हरेक वर्ष आजकै दिन त्यहाँ विजयोत्सव समारोह आयोजना हुन्छ ।