Breaking News

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज सपथग्रहण गर्दै

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो सपथग्रहण गर्नेछन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । हिजो नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार १ बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै सपथग्रहण गर्ने तयारी छ ।

मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही सांसदले सपथग्रहण गर्नेछन् । नेकपा ९माओवादी केन्द्र, प्रदेश १ सांसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सानो आकारको मन्त्रीमण्डल बन्ने बताए ।