प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्धरा राजीनामा, नयाँ मुख्यमन्त्रीमा समाजवादीका नेता राजेन्द्र राईद्धारा ४९ सांसदको हस्ताक्षरसहित दावी पेश

१५ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । आज दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गरेका छन् ।

१० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । राजीनामा दिएपछि प्रस्ताव मतदानमा लगिएन । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

रोयसैबीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका सांसद राजेन्द्र राइले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।

प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।