बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले गृहमन्त्री तथा कार्यवहाक प्रधानमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले माननीय गृहमन्त्री तथा कार्यवहाक प्रधानमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिको सचिवालय सदस्यको नेतृत्व इन्चार्ज असिम लिम्बु (सुनिल) ले गरेका थिए । गृहमन्त्रीलाई उनकै कार्यकक्ष सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाएको हो। बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा (सुवास) ले उक्त प्रस्तावना पढेर सुनाएका थिए । आफूलाई लगाइएको कथित अयोग्य विल्ला खारेज गर्दै सरकारसँग भएका विभिन्न सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सङ्गठनका अध्यक्ष रमेश बसेल (कर) ले विशेषगरी निवर्तमान केपी शर्मा ओली सरकारले २०७८ वैशाख १ गते लोकतन्त्रका योद्धा घोषणा गर्दै सम्मान गरेको थियो उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। उक्त सम्मानपत्र संघर्ष समितिका १७१ जना केन्द्रीय सदस्य सम्मलाई वितरण गरिएको जानकारि गराउँदै त्यो कार्यक्रमलाई निरन्तरता दिँदै ४००९ जनालाई नै दिनुपर्ने तर्क गर्दै सरकार सङ्ग माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्की (प्रदिप) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अयोग्य शब्दको खारेज गर्दै लोकतन्त्रका योद्धा घोषणा गरेका थिए । आधा भएको कामलाई निरन्तरता दिन सरकार लाई कुन् शक्तिले रोक्यो ? सरकारले सकारात्मक कार्यको सस्थागत गर्ने प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभयो । राम्रो काम जुन सरकारले गरेपनि त्यसलाई निरन्तरता दिनुपर्ने उहाँको तर्क थियो ।

कार्यक्रममा गृहमन्त्रीले बोल्दै जायज मागहरु सम्बोधन गर्न प्रतिवद्धता जाहेर गर्नुभयो । सबै कार्यहरु एकैदिन सम्पन्न नहुने जिकिर गर्दै समस्या समाधानको लागि विशेष पहल कदमी गर्ने बताउनु भयो । शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नको लागि सरकार संवेदनशील भएर छलफल गरिरहेको जानकारी गराउनु भयो । तयार छौं सबै काम एकै दिन हुँदैन विस्तारै अर्को भेटमा हामी निष्कर्ष सहितको भेटघाट गर्दै कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

No description available.

No description available.