चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो ।

फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ ।

सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा. खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका
छन् ।