२ कात्तिक, काठमाडौं । तेस्रो दिन आज पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।
आज कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।
नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ ।