स्पेनलाई २-१ ले पराजित गर्दै युईएफए नेसन्स लिग २०२१ को उपाधि फ्रान्सले जित्यो

२५ असोज, काठमाडौं । युईएफए नेसन्स लिग २०२१ को उपाधि फ्रान्सले जितेको छ । हिजो राति भएको फाइनलमा स्पेनलाई २-१ ले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो ।

इटलीको सान सिरोमा भएको खेलमा फ्रान्सलले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित हात पारेको हो ।

मिकेल ओयाजाबालले ६४ औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए ।
तर दुई मिनेट पछि नै करिम बेन्जामाले फ्रान्सका लागि बराबरी गोल फर्काए । ८० औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाए ।

फ्रान्स नेसन्स कपको दोस्रो विजेता हो । यसअघि २०१९ मा पोर्चुगलले जितेको थियो ।