Breaking News

प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने निर्णय

२१ असोज, काठमाडौं । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने निर्णय भएको छ ।

दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।
दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।

तर ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोaलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।