नेकपाका युवा नेता प्रकाश रोकायाद्धारा समस्या परेकाहरुलाई सहयोग

कदर न्यूज

६ वैशाख, काठमाडौं । विश्वभरीका २ सय भन्दा बढी देश कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल पनि सो रोगको महामारीबाट अछुतो रहन सकेन । आज नोबेल कोभिड १९ कोरोना भाइरसका कारण पुरै विश्व सिथिल अबस्थामा गुज्रिरहेको छ । यो विषम काहालि लाग्दो वातावरणमा सबै नागरिकहरुले आ(आफ्नो ठाउँबाट सरकारले घोषणा गरेको लकडाउनको पालना गर्नु नै कोरोना बिरुद्ध्को एक उत्तम उपाय हो । यस्तो संकटको घडीमा हामीले ब्याक्तिगत सरसफाइमा ध्यान दिनुनै अति उपयुक्त हुन्छ । नियमित साबुन पानीले मिची मिची २० सेकेन्ड सम्म हात धुने, गुणस्तरीय सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरि कायम गर्ने, खोक्दा वा हाँछ्यु गर्दा उपयुक्त रुमालले मुख छोप्ने,भिडभाडमा नजाने जानै पर्ने भयो भने पनि गुणस्तरीय माक्सको प्रयोग गर्ने आदि नै ब्यक्तिगत सुरक्षाका उपायहरु अपनाउनु नै बुद्धिमान हुने छ ।
“आफू बचौँ अरुलाइ पनि बचाऔँ “
आजको मानव संकटको कोरोना भाइरस संक्रमित घडीमा सरकारले उपयुक्त र जनपक्षीय राहतका प्याकेज ल्याउन आवश्यक छ । विशेष गरेर अति बिपन्न, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, साना किसान,बेरोजगार तथा स्वोरोजगार, गाउँ बाट शहरमा पढ्नलाई बसेका बिद्यार्थी र गरिबीको रेखामुनि रहेका सम्पुर्ण नागरिकहरु लाइ केन्द्रीत गरेर उचित प्याकेज तत्काल फास्ट ट्र्याक बाट बिना झनझट लागू गर्नु पर्छ । अहिले सरकारले स्थानीय निकायबाटब उपलब्ध गराउदै आएको राहत प्रयाप्त छैन । अप्रयाप्त राहत लिनको लागि निकै झनझट गर्नु पर्ने र त्यो राहत लिनको लागि निकै जोखिम मोलेर हजारौंको संख्यामा जम्मा भइ झन संक्रमण फैलाउने खतरा संग खेल्नु पर्ने वाध्यता छ् ।
लकडाउनको समय थपिदै जाँदा नेपालका प्रमुख रानिती दलका प्रमुख नेता, सरकारका विभिन्न निकायका कर्मचारीहरु, सम्बन्धि सरोकारवाला, राष्ट्रिय सभा सदस्य,प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य,र तिनै तहका सरकारका मन्त्री र जनप्रतिनिधिहरु, राज्यका संबैधानिक निकाय लगायत सामाजिक संघ संस्थाहरु सबैले महत्त्वपूर्ण भुमिका खेल्दै अत्यन्त संबेदनसिल बन्दै जनताको हेरचाह गर्नु पर्ने हो
तर, धेरै चासो नदिएको जनगुनासो गुनासो निकै बढ्दो छ ।
हाम्रो जस्तो बिकाशोन्मुख देशमा यो भाइरस फैलियो भने निकै भयावह अवस्था हुन्छ । अहिले पनि यो भाइरस संग प्रत्यक्ष लड्ने डाक्टर,नर्स हरुलाइ पि.पि.इ को उचित ब्यबस्थापन भएको छैन । सडकमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हरुले पनि कुनै ब्यक्तिगत सुरक्षाका साधनहरु प्रयोग गरेको पाइदैन । उपरोक्त स्थानमा खट्ने सबै कर्मचारीहरुलाइ उपयुक्त ब्यबस्थापन गर्न हामी सरकार संग जोडदार माग गर्दछौ ।

यो संकटको बेलामा अति समस्यामा परेका बिद्यार्थी, मजदुर, ज्यादारी गर्ने श्रमिक, विपन्न परिवार, असक्त असाहय नागरिकहरुलाइ अहिले नेकपा ( नेकपा ) का युवा नेता तथा कर्णाली जनधिकार मञ्चका अध्यक्ष एबम जनमिडिया का अध्यक्ष श्री प्रकाश रोकायाको विशेष पहलमा हामीले खाद्यान्न सामग्री जुटाएर सानो सहयोग गर्दै आइरहेका छौ कतिपयको हकमा भने सम्बन्धि सरकारहरु संग समन्वय समेत गर्दै आएका छौ । हाल हामीले ८० घर परिवारलाई सहयोग गरिसकेका छौ । भने हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालका साथिहरुलाइ प्रमुख प्रथामिकतामा राखेर अभियानलाई निरन्तरता दिइने भएकोले हाल काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा मा बस्नु हुने अति समस्यामा भएका साथीहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौं ।

एक छाक खान नपायर देशका विभिन्न शहर छोडेर गाउँ फर्किने मानिसहरुको संख्या उल्लेखनीय छ । दशौँ रपन्ध्रौं दिनको लामो यात्रा तय गरेर यात्रा गर्ने यात्रीलाई गन्तव्यमा पुगिन्छ या पुगिदैन भन्ने चिन्ताले सताएको छ । एकातिर भोक भोकै यात्रा गर्नुको पीडा त छदैछ अर्को तिर जिउँतिउँ खानको जोहो गरेका यात्रीले खान नपाउदै सरकारी सुरक्षा कर्मिले लखेट्ने गरेका कयौं समाचार आउने गरेका छन यो कार्य निन्दनीय हो । यो असुरक्षित यात्राले कोरोनाको संक्रमण फैलाउने खतरा झन बद्दो छ त्यस कारण अहिले यात्रामा रहेका सम्पुर्ण नागरिक लाई उचित सुरक्षाका साथ गन्तव्यमा पुर्याउन सरकारले तत्काल भुमिका खेल्नु पर्छ । साथै बिस्वका विभिन्न देशहरुमा रोजगारी र अध्ययन अद्यापनको सिलसिलामा रहेका नेपाली नागरिकहरु को सुरक्षा गर्नु सरकारको दाइत्व हो । त्यसकारण सम्बन्धि देश स्थित नेपाली राजदुत हरुले अग्रणी भुमिका खेल्न जरुरी छ् । संसारमा फैलिएको कोरोनाका कारण अत्यन्तै समस्या ग्रस्त नागरिक हरुलाइ उपयुक्त बास स्थानको ब्यबस्थापन गर्नु सरकारको दाइत्वमा पर्छ । यो संकटको बेलामा अति समस्यामा परेका बिद्यार्थी, मजदुर, ज्यादारी गर्ने श्रमिक, विपन्न परिवार, असक्त असाहय नागरिकहरुलाइ अहिले नेकपा ( नेकपा ) का युवा नेता तथा कर्णाली जनधिकार मञ्चका अध्यक्ष एबम जनमिडिया का अध्यक्ष श्री प्रकाश रोकायाको विशेष पहलमा हामीले खाद्यान्न सामग्री जुटाएर सानो सहयोग गर्दै आइरहेका छौ कतिपयको हकमा भने सम्बन्धि सरकारहरु संग समन्वय समेत गर्दै आएका छौ । हाल हामीले ८० घर परिवारलाई सहयोग गरिसकेका छौ । भने हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालका साथिहरुलाइ प्रमुख प्रथामिकतामा राखेर अभियानलाई निरन्तरता दिइने भएकोले हाल काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा मा बस्नु हुने अति समस्यामा भएका साथीहरुलाई सम्पर्क गर्न अनुरोध गर्दछौं ।
साथै युवा नेता रोकायाको पहलमा जारी अभियानमा आवद्ध हुन चाहने सहयोगी दाता, मित्रहरूलाई पनि सम्पर्क मा आई समावेश हुन हार्दिक अपिल छ ।