बालुवाटारमा सर्वदलीय बैठक जारी एमालेद्धारा बहिस्कार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो ।

यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट कुनै पनि नेता सहभागी छैनन् ।

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति छन् । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।