नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापतिमा रवि कार्की निर्बाचित

असोज १०, म्याग्दी । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशन अन्गर्तत गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी नगर कार्यसमितिको सभापतिमा रवि कार्की निर्बाचित भएका छन् । असोज १० गते आइतबार भएको निर्वाचनमा सभापति पदमा प्रतिस्पर्धि विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी भएका छन् । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।

उपसभापतिमा हरि प्रसाद पौडेलले ७३ र गंगाबहादुर खत्रिले ७२ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँहरुको निकटतम प्रतिद्वन्दी मनोज कुमार कार्कीले ७० र मानकाजी घिमिरेले ५८ मत प्राप्त गर्नु भएको थियो ।

सचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठले ८१ र झलक जिसिले ६७ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँहरुको निकटतम प्रतिद्वन्दी रण बहादुर शाहीले ६० र संगीता श्रेष्ठले ६६ मत प्राप्त गर्नु भएको थियो । सहसचिवमा स्यानिमाया कार्किले ८१ र शान्ति शर्माले ७५ मत प्राप्त गरेर बिजयी गरेका थिए भने वनीहरुको निकटतम प्रतिद्वन्दी बिन्दु खत्रीले ६५ र संगम कुमार बिकले ४९ मत प्राप्त गरेका थिए।

कार्की जिल्ला सभापति खम्बिर गर्बुजा पक्षधर हुनुहुन्छ भने बोगटी पूर्व सभापति रेशम बानियाँ पक्षधर हुन । बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, र सहसचिवमा स्यानीमाया कार्की र शान्ति शर्मा विजयी भए । त्यस्तै कार्की प्यानलबाट उपसभापतिमा गंगा बहादुर खत्री, सचिवमा झलक जिसी विजयी भए । शनिबार सुरु भएको अधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयन नभएपछि आइतबार विहान मतदान गरिएको थियो ।