आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला १४ स्थानमा हेल्पडेस्क

११ असोज, काठमाडौं । दशैंको मध्यनजर गर्दै आजबाट अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ ।

१४ स्थानमा हेल्पडेस्क

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

यी १४ स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसहितका प्रतिनिधि रहन्छन् । टिकट बुकिङको क्रममा केही अप्ठेरो परेमा, कुनै जानकारी लिनु परेमा वा आफू ठगिएको महसुस भएमा यात्रुहरुले तिनै प्रतिनिधिसँग सहयोग लिन सक्नेछन् ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।