नेपालमा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ६ जनाको मृत्यु १३७१ जना संक्रमणमुक्त

९ असोज, काठमाडौं । नेपालमा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।