तपाई दशैंमा घर जाँदै हुनुहुन्छ भने कहाँ जान कति भाडा लाग्छ लिष्ट सहित जानकारी

दशैं सुरु भएको छ । यसै क्रममा काठमाण्डौं उपत्यका लगायत अन्य क्षेत्रबाट घर जानेहरुको संख्या धेरै छ । यसैको मध्यनजर गर्दै सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागले हिजो बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यो निर्णयसँगै तोकिएको मितिदेखि धमाधम टिकट बुकिङ गर्न सकिन्छ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन।

यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ।

यातायात भाडादर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

असार भाडादर