अनेरास्ववियु गण्डकी संयोजकमा प्रकाश पौडेल

पोखरा । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियु को गण्डकी प्रदेश कमीटी संयोजकमा प्रकाश पौडेल चयन भएका छन ।

अनेरास्ववियुको सम्पन्न केन्द्रिय सचिवालयको पुर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्बेवारी पौडेलाई तोकिएको हो ।
अनेरास्ववियु म्याग्दीका पुर्व जिल्ला अध्यक्ष रहेका केन्द्रिय सचिवालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्बेवारी दिएको हो । प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले विपत्तिमा सेवा अनि विभेदमा बिद्रोह त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन । उनले प्रदेशमा संगठनको कामलाई थप गतिशील बनाउन सक्रिय हुने समेत बताए । पौडेल अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै जिल्ला कमीटीमा प्रबेश गरेका उनी विद्यार्थी राजनीतिको यात्रा शुरु गरेका थिए ।

अनेरास्ववियुको तीन कार्यकाल जिल्ला सदस्य हुदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्ष मा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

म्याग्दी जिल्ला भित्र सामाजिक कार्य,विपत् ब्यवस्थापनमा अग्रणी भूमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका पौडेल देशभरका अनेरास्ववियु विद्यार्थी माझ लोकप्रिय छन् । तराईमा हावाहुरीका कारण बस्ति उडाउँदा पौडेल नेतृत्वको टोली सहीत तराई पुगेर उद्धरमा खटीएका थिए ।

अनेरास्ववियुमा पछिल्लो समय पुर्नगठनको मागसहीत पौडेलले उठाए संगै अनेरास्ववियु नेतृत्व हस्तान्तरण तर्फ अगाडी बढाउन चर्को दवाब सामाजिक सञ्जाल मार्फत परेको थियो ।