मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने

नेकपा एकीकृत समाजवादी

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आज सकिएको केन्द्रीय कमिटी बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।

बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।