१ असोज, काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।
देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटारमसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमीरफापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।
यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।
सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।