बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस संक्रमित भेटिए

५ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण बहराइनमा आज थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको
छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।
दूतावासका दामोदर दाहालले एक विज्ञाप्ती जारी गर्दै फरक(फरक श्रमिक क्याम्पमा बसेकाहरुमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको बताए । दूतावासले संक्रमित कामदारहरूको परिचय र उनीहरु काम गर्ने कम्पनीहरूको नाम गोप्य राखेको छ ।
‘कोही सँगै बस्नेहरु संक्रमित भएका छन्, कोही संक्रमितलाई भेटेकाहरु पनि छन्,’ यहाँको ट्रेसिङ र स्क्रीनिङ सिस्टम ज्यादै राम्रो छ । यहाँ आशंका गरिएकालाई तुरुन्तै स्तरीय तवरमा क्वारेन्टाइन गरेर परीक्षण गरिने भएकाले विरामी छ भने भेटिहाल्ने अवस्था छ ।
दाहालले बहराइन खाडी मुलुकभित्रको भ्रमणको लागि आकर्षक गन्तब्य भएको र यहाँ कार्यरत नेपालीहरुले विदेशबाट आएकाहरुलाई आतिथ्यता दिनुपर्ने कारणले नेपाली संक्रमित धेरै भएको हुनसक्ने बताए ।
‘यहाँ संक्रमण भएपछि उपचार पनि निकै राम्रोसँग हुन्छ, विश्व स्वास्थ्य संगठनले नै बहराइनको उपचार शैलीको प्रशंसा गरेको छ,’ उनले भने,’बिरामीहरुलाई कुनै प्रकारको खतरा हुँदैन भन्ने हाम्रो विश्वास छ ।
दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह समेत गरेका छन् ।