नेपालमा थप १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ११ जनाको मृत्यु १ हजार ६८९ जना निको

३१ भदौ, काठमाडौं । नेपालमा थप १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएको मन्त्रालयले बताएको छ ।