स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि (पीएसजी) ब्रुगसँग १-१ को बराबरी

३१ भदौ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को हिजो राती भएको खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेल जित्न सकेन ।

पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १(१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा हान्स भानाकेनले ब्रुगका लागि बराबरी गोल फर्काए ।त्यसपछि थप गोल हुन सकेन र पीएसजीले बराबरीमै चित्त बुझायो ।

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पेले ५१ मिनेटम सँगै मैदानमा बिताएका थिए । मेस्सी र नेयमारले पूरा समय खेले पनि एमबाप्पेले ५१औं मिनेटमा मैदान छाडेका थिए ।